दफा २७
विनियम बनाउनु पर्ने
: (१) सहकारी संस्थाले यो ऐन, यस ऐन अन्तर्गत बनेको नियम, निर्देशिका, मापदण्ड र कार्यविधिको अधीनमा रही आफ्नो कार्य सञ्चालनको लागि विनियम बनाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको विनियम रजिष्ट्रार वा रजिष्ट्रारबाट अधिकार प्राप्त अधिकारीबाट स्वीकृत भएपछि लागू हुनेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सहकारी बैङ्कको विनियम स्वीकृत गर्नु अघि रजिष्ट्रारले नेपाल राष्ट्र बैङ्कको परामर्श लिनु पर्नेछ ।